नियम
सहयोग गर्नु पर्ने -
१) ऐनको दफा ९ बमोजिम प्राधिकरणले कुनै निर्माणको भाग भत्काउने वा हटाउने आदेश दिएकोमा सो निर्माणको भाग नझल्काएसम्म  वा नहटाएसम्म सोसँग सम्बन्धित सम्पत्ति कसैलाई पनि कुनै व्यहोराले हक छाडी दिन वा धितो बन्धकी दिन नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा त्यस्तो निकायले पनि प्राधिकरणबाट लेखी आए बमोजिम गरिदिनु पर्नेछ ।
(३) प्राधिकरणले ऐन वा यस नियमावली बमोजिम गर्ने कामका सम्बन्धमा नेपाल सरकार वा अन्य निकायस“ग सुरक्षा लगायतका विषयमा सहयोग माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राधिकरणले सहयोग माग गरेमा सम्बन्धित निकायले प्राधिकरणलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।